कास्की प्रशासनले दशैंको दिन १८ वटा निशुल्क बस सञ्चालन गर्ने (रुटसहित)
पाेखरा | असोज २३, २०८१
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले बडा दशैंको दिन विभिन्न स्थानमा बस सेवा उपलब्ध गराउने भएको छ ।
कास्कीको विभिन्न ७ रुटमा कुल १८ वटा निशुल्क बस सेवा सञ्चालन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूच्ना अधिकारी शिव लम्सालले जानकारी दिए ।
उनका अनुसार पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अन्तरगत फोदी, हेमजा, हरिचोक र पृथ्वीचोक रुटमा ३ वटा, स्थानीय यातायात कम्पनी अन्तरगत कोत्रेदेखि पृथ्वीचोक, चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म २ वटा बस सञ्चालन हुनेछ ।
यस्तै पोखरा यातायात प्रालिको लामाचौर, बगर, महेन्द्रपुल,विरौटा हुदैं छोरेपाटनसम्म ३ वटा बस,महेन्द्रगुफा, महेन्द्रपुल चिप्लेढुंगा हुदैं लेकसाइड ३ वटा र काहुँखोला, पृथ्वीचोक हुदै हल्लनचोकसम्म ३ वटा बस सेवा सञ्चालन हुनेछ ।
यसैगरी बेगनास पोखार यातायात प्रालि अन्तरगत बेगनासताल, तालचोक, पृथ्वीचोक हुँदै बागलुङ बसपर्का २ वटा बस र राजाको चौतारा, सातमुहाने, खुदी हुँदैं बागलुङ बसपार्कसम्म २ वटा बस सेवा प्रदान हुनेछ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

